काठमाडौं/काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगाे लगाउने चेतावनी दिएका छन् । शनिबार राति फेसवुक स्टाटस लेख्दै मेयर शाहले असभ्य र अमर्यादित रुपमा प्रस्तुत भएका छन् ।
उनले फेसवुकमा लेखेका छन्, “आजको लागी केहि भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”
महानगर प्रमुख बालेनको उक्त स्टाट्स ४२ मिनेटमा एक लाख ५२ हजार जना भन्दा बढ़ीले लाइक गरेका छन् भने ४५ हजारभन्दा बढ़ीले कमेन्ट र २१ हजार भन्दा बढ़ी व्यक्तिले शेयर गरेका छन्।