२०८३ बैशाख ३१ गते, बिहीबार २२:५२

अरुको नक्कल गर्न माहिर वीरगंज महानगर तार व्यवस्थापनमा असफल किन ?

– दिपक चौरसिया

वीरगंज/वीरगंज महानगरपालिकाले वीरगंज महानगर क्षेत्रभित्र रहेको अव्यवस्थित तार हटाउने भनेर खुबै हल्ली खल्ली गरेको भए पनि अहिलेसम्म तारहरु जस्ताको त्यस्तै अल्पत्र रुपमा सडकमा छरिएका छन् ।

महानगरपालिकाले अहिले मानिसहरु धेरै भिडभाड हुने ठाउँमा केही काम गरे जस्तो देखाउने तर भित्री गल्लीहरुको दुरावस्था जो कोहीले पनि देख्न सक्छन् ।

महानगरपालिकाले घण्टाघर, माइस्थान चौकमा मात्र देखावटी गरेर केही तार हटाउने काम गरेको भए पनि दायाँबायाँ भने तारहरु सडकमा लत्रिएर झरेको र कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

माइस्थान चौक भित्र मात्र पटकपटक खन जोत गरेर सडक भत्काउने र बनाउने काम गर्दै आइरहेको तर ती सडकहरु पनि गुणस्तरहीन रहेको र अहिले सौन्दर्यकरणको नाममा लाखौं रकम हिनामिना हुने गरेको बताए ।

स्थानीय व्यापारीहरूले वीरगंज महानगरपालिकाले यहाँ सौन्दर्यकरणको नाममा हामी ब्यापारी माथि अन्याय गरेको गुनासो पोखेका छन् । हामीले हजारौं घर भाडा तिर्नुपर्ने छ तर यहाँ कोही पनि किनमेल गर्न नआउने र अर्कोतिर तारबार लगाएर सवारीसाधन ठप्प भएका कारण हाम्रो ब्यापार चौपट्टै भएको एक व्यवसायीले बताए । बीरगंज महानगरपालिकाले अहिले जथाभावी असारे विकास गरेर पैसा सक्ने मेसो मात्र गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

स्थानीय तहको चुनावी प्रचारको बेला ठूलाठूला भाषाणमा म सिर्सिया नदि सरसफाइ र प्रदुषण मुक्त गर्नेछु भनेर खुबै प्रचारप्रसार गरेको भए पनि अहिले त्यो एजेन्डा केवल भाषणमा मात्र सीमित भएको छ।

केही दिन पहिला सिर्सिया नदि प्रदुषण मुक्त बनाउन भनेर अभियान संचालन गरि विभिन्न कलकारखानामा अनुगमन गरि लाखौं रकम जरिवाना गरी वाहवाही कमाएको भए पनि सिर्सिया नदिको अवस्था ज्यू का त्यूँ रहेको देखिन्छ।

असार मसान्तको बजेट सिध्याउन सिर्सिया नदिको किनारहरुमा बृक्षरोपण गरेर के सिर्सिया नदि प्रदुषण मुक्त हुन्छ ? प्रश्न तेर्सिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM