Thursday, November 28, 2024
घरप्रदेशविद्यार्थीलाई पोषाक लगाएर आउन भनेपछि प्रधानाध्यापकमाथि अभद्र व्यवहार

विद्यार्थीलाई पोषाक लगाएर आउन भनेपछि प्रधानाध्यापकमाथि अभद्र व्यवहार

वीरगंज। वीरगंज महानगरपालिका वडा नं. १७ मा रहेको ज्वारदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि हातपातको प्रयास भएको छ ।

सो विद्यालयमा अध्ययनरत सैयौँ विद्यार्थीमध्ये अधिकांश विद्यार्थीहरू सधैँ विद्यालय पोषाकमा आउने गरेको भएपनि १०/१५ जना छात्राहरू हिजाब लगाएर आउन थालेपछि प्रधानाध्यापक दयाकान्त झाले विद्यालयका सबै विद्यार्थी समान भएकोले निर्धारित पोषाक लगाएर नै आउन अनुरोध गरेका थिए। तर ती छात्राहरूले आफूलाई अभिभावकले हिजाब नै लगाएर विद्यालय पठाएकोले हामी आफ्ना अभिभावकलाई बोलाउँछौँ उहाँलाई नै भनिदिनु होला भन्दै अभिभावकलाई बोलाएका थिए ।

ती विद्यार्थीका अभिभावक एवं केही उच्छृंखल व्यक्तिहरू बुधवार विद्यालय हातामा प्रवेश गरी हामी नियम कानुन मान्दैनौ, हाम्रो सन्तानलाई कस्तो पोषाक लगाउनु पर्छ भनेर भन्ने तपाईं को हो ? भन्दै विद्यालयका प्रधानाध्यापक झामाथि हातपात गर्ने प्रयास गर्दै धक्का दिदै गाली गलौज गरेको बताईको छ ।

सो घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बलको टोली एवं वीरगंज महानगरपालिका १७ नं. वडाका अध्यक्ष संजु छतकुली पुगेर तनावग्रस्त अवस्थालाई सामसुम पारेका थिए ।

सबैमा समानताको पवित्र उद्देश्यले पोषाक लगाएर विद्यालय आउन आग्रह गर्दा आफ्ना विद्यालयका प्रधानअध्यापकमाथि नै आक्रमण हुने अवस्था देखेपछि शिक्षकहरू असुरक्षित भएको भन्दै दोषीहरू उपर कारवाहीको माग गरेका छन् ।

शान्ति क्षेत्र भनिएको विद्यालयमा जात र धर्मको आडमा हुल हुज्जत भएपछि तत्काललाई घटनालाई सामसुम पार्दै विद्यालय सुधार समिति गठन गरिएको बताईएको छ । विहीवार विहान ७ बजे सो समितिको बैठक बसेर घटना सम्बन्धमा कसरी अगाडी बढ्ने भनि निर्णय गर्ने छ ।

यता विद्यालयका प्रधानाध्यापक झासँग बुझ्दा उनले आफूले सबै विद्यार्थीलाई एक समान व्यवहार गर्नुका साथै समानताको सन्देश दिन पोषाक लगाएर आउन भनेपछि आफूमाथि दुर्व्यवहार भएको दुखेसो पोख्नु भयो । तथापि आफूमाथि दुर्व्यवहार भएपनि सो घटनाबाट विद्यार्थीको पठनपाठनमा अवरोध नहोस् भनि पहल गर्दै कानुन हातमा लिन खोज्नेहरूलाई सम्बन्धित निकायले कारवाही गर्ने विश्वास लिएको प्रधानाध्यापक झाले बताउनु भयो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -