Friday, November 29, 2024
घरपत्रपत्रिकास्वीडेनमा कुरानको अपमान, विरोधमा पाकिस्तानले देशव्यापी प्रदर्शन गर्ने 

स्वीडेनमा कुरानको अपमान, विरोधमा पाकिस्तानले देशव्यापी प्रदर्शन गर्ने 

काठमाण्डौ/स्वीडेनमा एक व्यक्तिले ईदको अवसरमा कुरान जलाए, जसको भिडियोो सामाजिक सञ्जालमा भाइरल भएको छ। कुरानको अपमानलाई लिएर धेरै देशले आपत्ति पनि जनाइरहेका छन्।

यसैक्रममा पाकिस्तान सरकारले कुरानको अपमानको विरोधमा राष्ट्रव्यापी विरोध गर्ने र त्यसपछि संसदको संयुक्त बैठक बोलाउने निर्णय गरेकाे छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा भएको बैठकमा यो निर्णय गरिएको हो। प्रधानमन्त्री शाहबाजले सबै राजनीतिक दलसहित देशका हरेक भागका जनतालाई यो विरोधमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार देशव्यापी विरोध प्रदर्शन गरी सरकारले असार ६ गते संसदको संयुक्त बैठक बोलाउने भएको छ।

पाकिस्तानको संसदले पनि पवित्र कुरानको अपमानको निन्दा गर्ने प्रस्ताव पारित गर्नेछ।

पाकिस्तानका प्रधानमन्त्रीले पार्टीलाई पवित्र कुरान दिवसमा भाग लिन र देशव्यापी र्‍यालीहरू आयोजना गर्न निर्देशन दिएका छन्। उनले पवित्र कुरानको पवित्रताले मुस्लिमहरूलाई एकताबद्ध गर्ने बताए।

स्वीडेनको राजधानी स्टकहोममा एक व्यक्तिले ईदको दिन मस्जिदको अगाडि कुरान जलाएका थिए। जसको पाकिस्तान, टर्की, साउदी अरेबिया, मोरक्को, इराक र इरान लगायतका धेरै देशहरूले कडा निन्दा गरेका छन्।

ती व्यक्तिले कुरानको विरोध गर्न सरकारबाट अनुमति लिएकाे बताइएकाे छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -