२०८३ जेष्ठ १ गते, शुक्रबार ००:५९

कुटपिटबाट घाईते एकको मृत्यु, एक पक्राउ

वीरगंज। कुटपिटबाट गम्भीर घाइते भएका एकजना व्यक्तिको मृत्यु भएपछि पर्सागढीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि पर्सागढी नगरपालिका– ३ निवासी लक्ष्मण तिमल्सिना र रोहित पासवान, इन्द्रबहादुर श्रेष्ठबीच विवाद हुँदा उनीहरुको कुटाइबाट लक्ष्मण गम्भीर घाइते भएका थिए । घाइते लक्ष्मणको वीरगंजमा उपचार भएको र गएराति उनको मृत्यु भएको छिमेकीहरुले बताएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रोहित पासवानलाई आज पक्राउ गरेको छ भने श्रेष्ठको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी दीपक गिरीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM