२०८३ जेष्ठ १ गते, शुक्रबार ००:५९

प्रहरीको नाकै मुनि अवैध मदिरा भट्ठी संचालन र बेचबिखन

वीरगंज/वीरगंज महानगर भित्र प्रहरीकै संरक्षणमा अवैध घरेलु मदिरा उत्पादन एवं बेच बिखन भैरहेको समाचार प्रकाशमा आएको छ।

वीरगंज श्रीपुर स्थित कृषि औजार कारखाना पछाडि केहि व्यक्तिहरूले विगत लामो समयदेखि निर्वाध रुपमा विषाक्त र मापदण्ड विपरीतका प्रतिबन्धित घरेलु मदिरा उत्पादन गर्दै आएको स्थानीयहरू बताउँछन्।

पर्सा प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी रानीघाट लगायतमा स्थानीयहरुले पटक पटक अवैध मदिरा उत्पादन बारे जानकारी गराएपनि प्रहरीको बेवास्ताले धेरै शंका आशंकाहरू उब्जिएका छन्।

सो क्षेत्र श्रीपुरमा सामुदायिक प्रहरी सेवा केन्द्र पनि छ, प्रहरी चौकी रानीघाट, वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साका घुम्ती, टाइगर लगायतका टोली पनि समय समयमा गस्ती गर्न पुगी रहन्छन् तरपनि जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने घरेलु मदिरा उत्पादन र बेच बिखन निर्वाध रुपमा संचालन भैरहनुले अनेक प्रश्नहरू उब्जिएका छन्।

वीरगंज कृषि औजार कारखाना पछाडि रहेका रक्सी भट्ठी र झाबराहाका भठ्ठी सञ्चालकहरुले स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारेर नै निर्वाध रुपमा मदिरा भट्ठी संचालन गर्ने आँट गरेको स्पष्ट हुन्छ।

ती स्थानमा उत्पादित अवैध घरेलु मदिरा वीरगंज बस पार्क, पावर हाउस चौक, भिस्वा चौक, मुर्ली, ड्राईपोर्ट, परवानीपुर, भंसारलगायतका क्षेत्रमा रहेका रक्सीभट्ठीहरूमा बेच बिखन भैरहेको बताइन्छ।

जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता खाले अवैध घरेलु मदिराको उत्पादन र बेचबिखनले समाजमा आपराधिक घटनामा पनि बृद्धि हुने, घरेलु हिंसा लगायत पनि बढ़ने संभावनाका बीच पर्सा प्रहरीको मौनता आफैंमा आश्चर्य लाग्दो छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM