२०८३ बैशाख २८ गते, सोमबार १५:१२

अमेरिकी राष्ट्रपति बाइडेनका पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी

बासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ। राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन्। आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन्।

उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ। यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथी कानुनी कारबाही हुनेछ। उता, अमेरिकी राष्ट्रपति वाइडनले छोरा हन्टरलाई उनी माथी लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन्। तर, ह्वाईट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM