२०८२ आश्विन २६ गते, आईतवार ०८:५८

जिराभवानीमा प्रजनन स्वास्थ्यसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज/पर्साको जिरा भवानीमा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाको नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

जिरा भवानी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाको आयोजनामा सुपौली स्वास्थ्य चौकीमा आयोजना गरिएको सो नि:शुल्क स्वास्थ्य शिविरमा नारायणी अस्पतालका चिकित्सक डा. नीता महर्जन झा, स्वास्थ्यकर्मी गंगा पौडेल तथा जिरा भवानी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू अजय कुमार दास थारु, सकिल अंसारी, राजकिशोर यादव, योगेन्द्र चौधरी, उमेश राठौर, आशा साह, अरबिन्द यादव लगायतले सहयोग गर्नु भएको थियो ।

सो शिविरमा पाठे घरको मुखको क्यान्सर (भि.आई.ए.)सम्बन्धी परीक्षण, आङ खसेका विरामीहरूको जाँच, स्तन क्यान्सर र बाँझोपन जस्ता समस्याहरूको परीक्षण, व्यवस्थापन, उपचार र परामर्श गरिएको थियो ।

शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राजेश्वर दास थारु र प्रमुख अतिथि जिरा भवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM