२०८३ जेष्ठ १ गते, शुक्रबार ०३:०३

राष्ट्रघाती सर्राफमाथि निगरानी आवश्यक

वीरगंज/ तीन दशक अगाडी भारतबाट नेपाल आई झुठो विवरण पेश गरी नागरिकता लिएको रामचन्द्र सर्राफ सुर्ती पान मसाला गुटखाको कारोबार गरेर अरबपति मात्र बनेनन्, भए भरका खानदानलाई नागरिकता दिलाउन सफल भए।

वीरगंज महानगरपालिका भित्र २० बिगाहा भन्दा जग्गा भएका सर्राफका छोराछोरीहरूसँग दुबै देश भारत र नेपालको नागरिकता रहेको छ।

धनगढ़ीबाट सुर्तीको कारोबार गरिराखेका सर्राफ अहिले देश भित्र आर्थिक मन्दीभएपछि बिस्तारै नेपालमा राजस्व छलि तस्करी गरी आर्जन गरेको अकूत सम्पत्ति भारतमा थुपार्ने प्रयत्नमा रहेका छन्।

राज्यबाट खड़ा गरिएको सम्पत्ती शुद्धिकरण नामको संस्थाले तलब भत्ता मात्र खाएर सुत्ने हो की सर्राफ जस्ता राजस्वमाराहरू माथि निगरानी बढ़ाउने हुन्, आम जनताको चासोको विषय बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM