२०८३ बैशाख २८ गते, सोमबार १६:०१

बिहे गर्न आएका बेहुला बाबुसहित प्रहरीको खोरमा

वीरगंज/ बिहे गर्न भारतबाट आएका बेहुला आफ्ना बुवासहित प्रहरीको खोरमा पुगेका छन्।

प्राप्त खबर अनुसार भारत बिहार पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने श्याम कान्त भगतको छोरा शशी कान्त चौरसियाको बिवाह वैशाख २४ गते बारा महागढीमाई न.पा.वडा न.६ बबुआईन टोल बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने भएकोले सो दिन बेहुला पक्षले जन्ती लिई बेहुली पक्षको घरमा आउँदा बेहुला पक्षले जन्तीमा आएका पाहुनाहरुको स्वागत सत्कार राम्रोसँग नगरेकोले म बिवाह गर्दैन भनि स्टेजबाट भाग्न लाग्दा बेहुलीको बुवाले निज बेहुला शशी कुमार चौरसिया समेतलाई समझाई बुझाई गर्दा निज बेहुला शशी कुमार चौरसिया र श्याम कान्त भगतले बेहुलीको बुवालाई विभिन्न किसिमको अश्लिल शब्दहरु प्रयोग गरी हातपात समेत गर्न खोजेको हुँदा निज बेहुला शशी कुमार चौरसिया र बेहुलाको बुवा श्याम कान्त भगतलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ।

पक्राउ परेका बेहुला र उनका बाबु उपर अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट १०दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM