२०८३ बैशाख २८ गते, सोमबार २०:३५

ट्रकसहित लत्ताकपडा प्रहरी नियन्त्रणमा

वीरगंज/प्रहरीले वीरगंजबाट बिलबिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक वीरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले वीरगंज-८ घण्टाघरमा चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा सडकखण्डबाट बा.प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा प्रहरीले बरामद गरेको थियो।

ट्रकसहित सोमा लोड रहेको ट्रकको मूल्या‌ंकन ५२ लाख ३४ हजार ७१७ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM