प्राचीन पुर्विय दर्शन मध्य समुन्द्र शास्त्र एउटा यस्तो शास्त्र हो । जस्ले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण , स्वभाव , व्यवहार , भविस्य आदि बारे जानकारी गराउँदछ।
साथै मानिसको शिर देखि पाउ सम्मका हरेक अंग विषेश लक्षणको हुने र ति अंग हरुबाट मा को गुण पहिल्याउन सक्ने हुन्छ । अब हमि याँहा कुन कन्या कस्ती भय कस्तो लक्षणकी हुन्छिन् भन्ने चर्चा गर्दछौ।
१ – जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् ,सेतो भागको अन्तमा हल्का रातो हुन्छ त्यस्ती कन्या बहुचर्चित , भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।
२ – जुन कन्याको जिब्रो रातो र कमोल हुन्छ उ आफुले त भोग गर्छिन नै सम्पुर्ण परिवार्लाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।
३ – जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको देखिन्छ त्य्स्ता कन्या पनी आफु र आफ्ना परिवार लाई सुख दिने खालकी हुन्छिन् ।
४ – नाकको अंघिल्लो भागमा कोठि हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् ।
५ – पैतालामा कमल चक्र , शंख चिन्न हुने कन्या शुभ फलदायी मानिन्छन् । यस्ता कन्याका पति कि त ठुला ब्यापारी कि त ठुला राजनेता हुन्छन् ।
६ – जुन कन्याको कुर्कुचामा सर्पको आकार हुन्छ त्य्स्ता कन्या भाग्यशाली हुन्छन् । यस्ता कन्यालाई ईश्वर को सदैब कृपा रहि रहन्छ ।
७ – जुन कन्यको पैतालामा त्रिकोण को चिन्न हुन्छ ति कन्या अत्याधिक चलाख हुन्छिन् भनियको छ । यस्ता कन्याले आफ्नो बुद्धि र समजदारिले सम्पुर्ण लाई बशमा राख्द्छिन।
८ – नाभिको तल्लोपट्टी कोठी भएका कन्याहरु सन्तान सुख र धनवान एवँ सुखी जिवन बिताउने हुन्छन् ।
९ – समुन्द्र शास्त्रका अनुसार जुन कन्याको खुट्टाका औंला उठेको , गोलो रातो, रातो हुन्छ त्य्स्ता कन्या निकै भाग्यशाली हुन्छन् ।
शास्त्र वचन
ज्योतिष – डा• सुनिल सिटौला