२०८३ बैशाख २८ गते, सोमबार १६:००

नक्कली कागजातको आधारमा पर्सा, बारा र रूपन्देहीबाट नागरिकता लिएका १० भारतीय पक्राउ

काठमाण्डौ/नक्कली कागजातको आधारमा पर्सा, बारा र रूपन्देहीबाट नागरिकता लिएका १० भारतीय पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्।

यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सा लगायतबाट जारी गरेको नागरिकता लिएका हुन्।

कार्यालयले उनीहरूलाई विभिन्न ठाउँबाट शनिबार एकै दिन पक्राउ गरेको हो।

उनीहरूको सन् २०२१ देखि अहिलेसम्म पनि भारतीय मतदाता परिचय पत्रमा नाम छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM