आइतबारको बिदा खारेज

200 Shares

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिइँदै आएको साप्ताहिक बिदा खारेज गरेको छ। शनिबार बसेको गाउँपालिकाको १२१औँ बैठकको निर्णयअनुसार गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा आजैदेखि आइतबारसमेत नियमित सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिएका छन्।

गाउँपालिकाको भौगोलिक बनावट तथा यहाँ चल्ने सवारीसाधनमा पेट्रोलियम पदार्थको खपत अन्य सहरी क्षेत्रको तुलनामा निकै कम हुने भएकाले इन्धन बचतको उद्देश्य व्यावहारिक नदेखिएको निष्कर्ष निकालिएको छ।

त्यसैगरी आइतबार स्वास्थ्य संस्था बन्द रहँदा दुर्गम भेगका बिरामी उपचार सेवाबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा समस्या आएको ठहर गर्दै बिदा खारेज गरिएको गाउँपालिकाले जनाएको छ।

यस निर्णयसँगै गाउँपालिकाका कार्यालय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र जाडो मौसममा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM