२०८३ बैशाख १४ गते, सोमबार १२:१९

सप्तरीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दारको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ।

मंगलबार राति करिब ३ बजेतिर शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार मृतक यादवमा उच्च रक्तचापको समस्या रहेको थियो। बारा जिल्लाको पचरौता नगरपालिका–८ निवासी यादवको घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM