२०८३ बैशाख ११ गते, शुक्रबार १३:३६

१७ जना डाक्टरको लाइसेन्स खारेज

काठमाडौं/नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताबबाट हटाएको छ ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता प्राप्त गरेका चिकित्सकहरूको दर्ता कायम नरहने प्रावधानअनुसार काउन्सिलले उनीहरूको नाम खारेज गरेको जनाएको छ ।

साथै, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम यो निर्णय आजकै मितिदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ ।

काउन्सिलका अनुसार दर्ता खारेज गरिएका चिकित्सकहरूले विभिन्न देशको नागरिकता लिएका छन्, जसमा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारत रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM