२०८३ बैशाख ६ गते, आईतवार १५:४३

उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण चाँडै सुरु हुने

काठमाडौं। उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त सभाले संगठनको वार्षिक प्रगति, आगामी कार्ययोजना तथा विभिन्न सामाजिक गतिविधिबारे विस्तृत छलफल गरेको जनाएको छ।

सभाका अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका लोकार्पणसमेत गरिएको थियो। साथै, कार्यक्रममा नवनिर्वाचित सांसद प्रशान्त उप्रेती, रीना उप्रेती जोशी तथा निर्माण व्यवसायी राजेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले संस्थाको आफ्नै भवन निर्माण कार्य चाँडै प्रारम्भ गरिने जानकारी दिँदै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM