२०८३ बैशाख २० गते, आईतवार १५:५३

खुट्टा काटिएकी महिलालाई आर्थिक सहयोग

वीरगंज/ पर्सागढी नगरपालिका–३, विरुवा टोलमा श्रीमतीमाथि भएको क्रूर आक्रमणको घटनापछि पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समितिको कोषबाट पीडित हरिकला देवी सहनीका आमा–वुवालाई नगद रु. ५० हजार १०५ बराबरको चेक हस्तान्तरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकले उक्त चेक पीडितका अभिभावकलाई हस्तान्तरण गरेका हुन्। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको देखिएपछि तत्काल राहतस्वरूप सहयोग उपलब्ध गराइएको प्रहरी प्रहरी उपरीक्षक पाठकले बताउनुभयो ।

पर्सागढी-३ निवासी ३० वर्षीय विश्वनाथ सहनीले आफ्नै श्रीमती हरिकला देवी सहनी (अन्दाजी २५ वर्ष) माथि घरायसी विवादका क्रममा योजनाबद्ध रूपमा धारिलो हतियार ‘दाउ’ प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणमा हरिकला देवीको बाँया खुट्टा काटिएको र उनी गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। घटना लगत्तै आरोपित सहनी फरार भएका थिए।

घटनापछि घाइतेको उपचार भइरहेको छ भने अभियुक्त सहनीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आइतवार सार्वजनिक गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM