२०८३ बैशाख ७ गते, सोमबार १४:१७

नक्कली प्रहरी पक्राउ

काठमाडौँ /ठगी आरोपमा एक नक्कली प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका १ घर भइ काठमाडौँको तारकेश्वर नगरपालिका ८ नेपालटार बस्ने वर्ष ४० को दीपक थापा मगर रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनले हुन्डी कारोबार सम्बन्धी कसुरमा गएको मंसिर १५ गते पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पाँच लाख रकम दिएमा दावालाई छुटाई दिन्छु भनि रकम ठगी गरेका थिए।

फरार रहेका दावालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ १९ गते बानियाँटारबाट नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM