२०८३ असार १६ गते, मंगलवार ०४:२२

विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी साढे चार लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीनजना कर्मचारीलाई पक्राउ गरेको छ।

भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र विमान स्थलकै हुलाक सेवा विभाग, गोश्वारा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरूको साथबाट चार लाख ५३ हजार पाँचसय ५६ रुपैयाँ नगद पनि बरामद गरिएको छ।

उनीहरुले कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले आइतबार छापा मारेर पक्राउ गरेको हो ।

यसका साथै उनीहरुको साथबाट २३ थान मोबाइल पनि बरामद भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM