२०८२ माघ ८ गते, बिहीबार ०९:४९

नाडा निर्वाचन रोक्ने माग असफल, पाटन उच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौँ/पाटन उच्च अदालतले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन प्रक्रिया तत्काल नरोकिने आदेश दिएको छ। अदालतले प्रस्तुत रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो।

उच्च अदालत पाटनको इजलास नम्बर ५ का माननीय न्यायाधीशद्वय टेकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आकाश गोल्छा समेतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। निवेदक पक्षले नाडाको केन्द्रीय कार्यसमितिको निर्वाचन निष्पक्ष नभएको र त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढक्ढक्याएका थिए।

आदेशमा उल्लेख भएअनुसार नाडाको केन्द्रीय कार्यसमितिको निर्वाचन भइसकेको अवस्था र संस्थाको २०८२ असोज १२ गतेको पत्रबाट असोज १४ गते सम्पन्न हुने भनिएको कार्यक्रमको विवरणसमेतका आधारमा तत्काल निर्वाचन रोक्नुपर्ने पर्याप्त कारण नदेखिएको अदालतको ठहर छ। साथै, संस्थाको साधारण सभा स्थगन भइसकेको र त्यसपछि परिस्थितिमा परिवर्तन आएको देखिएकाले निवेदनमा माग गरिएअनुसारको अन्तरिम आदेश जारी गर्न नमिल्ने अदालतले जनाएको छ।

अदालतले यस विषयमा थप सुनुवाइका लागि दुवै पक्षलाई आवश्यक कागजातसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ। निर्वाचन प्रक्रियासँग सम्बन्धित सम्पूर्ण फाइल, निर्णय र कागजातहरू नियमअनुसार अदालतमा पेश गर्नुपर्ने आदेशमा उल्लेख छ।

उक्त आदेशसँगै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन प्रक्रिया यथावत् रूपमा अगाडि बढ्ने बाटो खुलेको छ। अदालतको यस आदेशलाई नाडाको आन्तरिक विवादसँग जोडिएको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM