२०८३ बैशाख २३ गते, बुधबार ०१:१५

स्रोत नखुलेको १० लाख रकमसहित तीन जना पक्राउ

वीरगंज। पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ का २२ वर्षे पवनकुमार साह, ३० वर्षे मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM