शनिवार बारा जिल्लाको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले संविधान, नेतृत्व र ब्युरोक्रेसीमा कमजोरीहरू रहे पनि तिनलाई सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री सोनलले सुशासनको दिशामा पाइलाहरू अगाडि बढाउँदै भ्रष्टाचार र भ्रष्टाचारीलाई अन्त्य गर्नुपर्ने बताए । मुख्यमन्त्री सोनलले पारदर्शी शासन प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकार भ्रष्टाचारमुक्त प्रशासन र सुशासन स्थापनामा दृढ रहेको र सरकार जनताको काँधमा काँध मिलाएर कुशासन समाप्त पार्न तयार रहेको बताए ।
मुख्यमन्त्री सोनलले नागरिकहरूलाई जीविकोपार्जन, सामाजिक सद्भाव र राष्ट्रिय उन्नतिका लागि दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने बताए। उनले नेपालको भूमि र मधेश प्रदेशलाई स्वर्गभन्दा ठूलो भएको बताए ।
देश अहिले तरल अवस्थामा रहेको बताए। जेनजी समूहका युवाहरू समेत आन्दोलनमार्फत आफ्नो विचार व्यक्त गरिरहेका छन्, जसले परिवर्तनप्रतिको चेतना बढेको संकेत गरेको बताए । मुख्यमन्त्री सोनलले यही व्यवस्थालाई संस्थागत गर्दै हामी समुन्नत नेपाल र समुन्नत मधेश प्रदेशको निर्माणमा जुट्न सकिने बताए ।

















