२०८३ बैशाख ३१ गते, बिहीबार ०१:४६

कुस्ती खेललाई संरक्षण र प्रबर्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नु पर्छ : पूर्वमन्त्री यादव

वीरगञ्ज, ११ कात्तिक : जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उहाँले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्मविश्वास र खेलभावनाको विकास गराउँछ । यस्ता खेललाई संरक्षण गर्नु भनेको हाम्रो मौलिक संस्कृति र पहिचानलाई जोगाउनु हो ।”
पूर्वमन्त्री यादवले स्थानीय तह, जनप्रतिनिधि, खेलकुद संघसंस्था र समुदायबीच सहकार्यको आवश्यकता औंल्याउँनु हुँदै भन्नुभयो, “यदि हामीले स्थानीय खेलाडीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्न सक्यौँ भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि कुस्तीमा उल्लेखनीय सफलता हासिल गर्न सक्छ ।”
पूर्वमन्त्री यादवले आगामी दिनमा वीरगञ्जलाई प्रदेश तथा राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न स्थानबाट आएका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । दर्शकहरूको ठूलो भीडले खेलाडीहरूलाई उत्साहपूर्वक हौस्याएको थियो । इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्सा द्वारा आयोजित यो विराट कुस्ती प्रतियोगिताको उद्देश्य स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै समाजमा एकता र उत्सवमय वातावरण सृजना गर्नु रहेको जनाइएको छ ।
कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलकुदप्रेमी तथा विभिन्न तहका समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM