२०८३ बैशाख ३१ गते, बिहीबार ०१:४०

जनमत पार्टी, पर्साद्वारा आकस्मिक रक्तदान

वीरगंज, १० कात्तिक । जेन्जी जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत चाडपर्वको समयमा रक्त अभाव नहोस भन्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्पmले रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा गुडु सेख, अजय कुमार साह, समिम आलम, अमन सेख, राजन साह, आदित्य साह, अजय श्रीवास्तवलगायतले रक्तदान गरेका थिए ।
जेन्जि तथा युवा दस्ताका पर्सा अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य विद्यालाल प्रसाद, युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादव, कोषाध्यक्ष सिकेन्द्र राम, निरन्जन कुशवाहा, निखिल चौरसियासहितको उपस्थिति रहेको थियो ।
अध्यक्ष सरार्पmले युवाहरूलाई सकारात्मक र समाजमुखी क्रियाकलापमा जोड्दै आएको जनमत पार्टीले भविष्यमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM