२०८३ बैशाख ७ गते, सोमबार १५:५५

दुई किलो गांजासहित वृद्ध पक्राउ

वीरगंज, ६ कात्तिक । दुई किलो गाँजासहित एकजना वृद्धलाई सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले पक्राउ गरेको छ । बिहीवार जिल्ला पर्सा वीरगंज महानगरपालिका–१७ अलौ पोष्ट नजीकबाट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रनाउ सुरज कुमार कार्कीको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत साइकलमा जादै गरेको जिल्ला पर्सा वीरगंज महानगरपालिका २६– अठराहा बस्ने वर्ष ७४ का ईस्लाम अन्सारीलाई पक्राउ गरिएको जनाएको छ । उनले बोकेको झोलामा २ किलोग्राम गाँजा फेला परेको हुँदा नियन्त्रणमा लिई प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM