२०८२ कार्तिक २५ गते, मंगलवार ११:०३

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

जनकपुर, २८ असोजः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो ।
यसैगरी नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM