२०८२ आश्विन २६ गते, आईतवार १२:४३

सार्वजनिक भयो नयाँ बन्धकको सूची : विपिन जोशी जीवित

काठमाडौं/गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।

यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो । वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन्, जसमा एक जनाबाहेक सबै २० र ३० को उमेर समूहका छन्। महिला, बालबालिका र ५० वर्षमाथिका पुरुषलाई अघिल्ला युद्धविराम सम्झौताअनुसार मुक्त गरिसकिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM