२०८३ बैशाख १७ गते, बिहीबार १२:३४

हँसिया प्रहार गरी एकको हत्या, दुई पक्राउ

कैलाली/युवकहरूबीच विवाद भएपछि हँसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ।

घोडाघोडी नगरपालिका-८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका-३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही नगरपालिका-८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना गए राति पक्राउ परेका छन्।

उनीहरूले वादविवाद क्रममा हँसिया प्रहार गरी केशरको हत्या गरेको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी चौकी प्रतिखेतबाट खटिएको टोलीले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM