२०८३ बैशाख ३१ गते, बिहीबार ०१:४३

भारतमा नेपाली मोटरसाइकिल दुर्घटना, दुईको मृत्यु

सर्लाही । सर्लाहीको सिमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित सोनवर्सा बजारमा भएको सडक दुर्घटनामा दुई नेपाली युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका–१० का १९ वर्षीय अजय राउत र उनका आफन्त भारतको खुरसाहा बस्ने २० वर्षीय सचिन रावत रहेका छन्।

उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि टिपर र चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोनवर्सा थानामा राखिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM