काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको हो।
मन्त्रिपरिषद्का काम कारबाही, जेनजी आन्दोलनमा भएको दमन र आगजनीका घटनाबारे जाँचबुझ आयोग गठनलगायत छलफलका विषय छन्।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्।
बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दियो।
हाल चार सदस्यीय मन्त्रिमण्डलमा अर्थमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह तथा कानुनमा ओमप्रकाश अर्याल छन्। कार्की मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारी छ।