२०८३ बैशाख १७ गते, बिहीबार २३:०६

शेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं। नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ।

जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो।

यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो।

पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM