२०८३ बैशाख २४ गते, बिहीबार २०:१०

टेलिफोनको तार चोरीको रोपमा पाँचजना पक्राउ

झापा/टेलिफोनको अप्टिकल फाइबर तार चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत दार्जिलिङका २४ वर्षीय कार्तिक अधिकारी र सोही ठाउँका ३४ वर्षीय राहुल अधिकारी छन्। यस्तै झापा बुद्धशान्ति गाउँपालिका सितलवस्तीका २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका-३ का २७ वर्षीय दिनेश परियार र झापा कचनकवल गाउँपालिका-३ डाँगीवारिका ४२ वर्षीय सञ्जय माझी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ५ बोरा फाइबर तार बरामद गरेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM