२०८३ बैशाख १८ गते, शुक्रबार ०१:३९

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं ।सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको काठमाडौंस्थित घरमा आज दिउँसो प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

प्रहरीका अनुसार केहीबेरअघि आक्रोशित भिड मन्त्री गुरुङको निवासमा पुगेर सुरुमा ढुंगामुढा गरेको थियो। त्यसपछि भीड नियन्त्रणबाहिर गएपछि उनीहरूले घरमा आगजनी गरेको पुष्टि गरिएको छ।

एक सुरक्षा अधिकृतले घटनाबारे जानकारी दिँदै भने, “प्रदर्शनकारीहरू घर वरिपरि भेला भएर ढुंगामुढा गरेका थिए, स्थिति चर्किँदै जाँदा उनीहरूले घरमा आगजनीसमेत गरे।”

घटनास्थलमा हाल ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगजनीबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM