२०८२ माघ २८ गते, बुधबार ०६:४०

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी सुरु

काठमाडौं/काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा लाई केन्द्रमा राखेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले विशेष फोटो प्रदर्शनी सुरु गरेको छ । ‘मेड इन काठमाडौं फेस्टिवल’ अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनी नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ को पनि एक महत्वपूर्ण कार्यक्रमका रूपमा अघि सारिएको हो, जुन भदौ १९ गतेदेखि असोज १० गते (सेप्टेम्बर ५-२७) सम्म जारी रहनेछ ।

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल २०२५ एक ऐतिहासिक र सांस्कृतिक उत्सव हो, जसले नेपालको समृद्ध कला, संस्कृति, परम्परा, खानपान र सम्पदाको विविधता प्रस्तुत गर्छ। यो तीन साता लामो फेस्टिवल काठमाडौं उपत्यकाका प्रमुख ऐतिहासिक शहरहरू – काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र हांडीगांउमा एकैसाथ मनाइँदैछ।

काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित प्रदर्शनी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बोल्दै उनले यस्ता कार्यक्रमहरूले नेपाली कला, संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिन् । “इन्द्रजात्रा हाम्रो मौलिक पर्व हो, यसको हरेक गतिविधि सांस्कृतिक धरोहर हो। यस्ता प्रदर्शनीहरूले हाम्रो संस्कृतिलाई विश्व सामु चिनाउन सहयोग पुर्‍याउँछ,” उपमेयर डंगोलले भनिन् ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)का कार्यबहाक अध्यक्ष सागर श्रेष्ठले काठमाडौंको जीवित सम्पदा र मौलिक परम्पराको विविध आयामलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले संस्कृति, सम्पदा र परम्पराप्रति चासो राख्ने सम्पूर्णलाई प्रदर्शनी अवलोकनका लागि आमन्त्रण गरे ।

प्रदर्शनी संयोजक तथा एनएफपिजेका उपाध्यक्ष सुनिल शर्माले फोटो पत्रकारहरूको दृष्टिकोणबाट काठमाडौंको सांस्कृतिक जीवन्ततालाई अभिलेख गर्ने उद्देश्य रहेको बताए ।

“इन्द्रजात्रा केवल उत्सव होइन, यो काठमाडौंको पहिचान हो । यसलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो दायित्व हो । इन्द्रजात्रा हाम्रो संस्कृतिको जिउँदो चित्र हो -आठ दिनसम्म विविध सांस्कृतिक गतिविधिले भरिएको जीवन्त पर्व । यस प्रदर्शनीमार्फत हामीले यही सन्देश दिन खोजेका हौं ,” उनले भने ।

भाद्र २३ देखि २५ गतेसम्म (सेप्टेम्बर ८–१०) बसन्तपुरमा  सञ्चालन हुने प्रदर्शनीमा इन्द्रजात्राको विविध रौनक, धार्मिक अनुष्ठान र सामाजिक उत्सवका तस्बिरहरू प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीमा इन्द्रजात्रासँग सम्बन्धित विविध गतिविधिहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। लाखे नाचको जोशदेखि साँघुरा गल्लीहरूमा गुन्जिने धुनदेखि डबलीमा उमङ्गित भीडसम्म – इन्द्रजात्राका महत्वपूर्ण क्षणहरूलाई क्यामेरामा कैद गरिएका तस्बिरमार्फत दर्शक सामु प्रस्तुत गरिएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरुबाट स्थानीय उत्पादन गरिरहेको छ । सानासाना उद्यम विकास कार्यक्रमबाट उत्पादित स्वदेशी सामानले आयात गरिएका सामानलाई विस्थापन गर्दै लैजाने प्रक्रियामा महिलाहरुलाई तालिम दिएर उद्यमशील बनाउँदै लगिएको हो । यसबाट महिलाहरुको आय आर्जन वृद्धि हुन्छ । उत्पादित सामानको बजारीकरणका लागि ‘मेड इन काठमाडौँ’ कार्यक्रम थालिएको हो । यसमा उत्पादित सामानको विक्री र प्रवर्धन हुन्छ । यससँगै वडा स्तरमा कोसेली घर स्थापना गरेर उत्पादित सामानको बजारी गर्ने थालिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM