२०८३ असार १२ गते, शुक्रबार १६:०१

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले राजनीतिमा सक्रिय बनाउने संकेत उपाध्यक्ष पाण्डेद्वारा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय गराउने स्पष्ट संकेत गरेका छन् ।

‘नेकपा एमालेको लोकतान्त्रीकरण’ शीर्षकमा राजधानीमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले संविधानले पूर्वराष्ट्रपतिहरूलाई दलगत गतिविधिमा सहभागी हुन नरोकेको तर्क प्रस्तुत गरे ।

पाण्डेका अनुसार राष्ट्रपति भइसकेका व्यक्तिहरूले फेरि पद धारण गर्न नपाउने व्यवस्था भए पनि दलमा प्रवेश गर्ने वा सक्रिय राजनीति गर्ने अधिकार संविधानले निषेध गरेको छैन । उनले भने, “संविधानले रोक नलगाएको विषयमा कुनै दलले आफैंले विधान बनाएर नाकाबन्दी गर्न मिल्दैन, पार्टी सदस्य बन्नबाट कसैलाई पनि वञ्चित गर्न पाइँदैन।”

यसै सन्दर्भमा पाण्डेले भण्डारी पार्टीमा फर्किएलगत्तै शीर्ष नेतृत्वमा पुग्ने भन्ने आशंका वा प्रचारमा विश्वास नदिलाउन आग्रह गरे । उनका शब्दमा, “पार्टीमा प्रवेश गर्दा मात्रै कोही अध्यक्ष वा शीर्ष पदाधिकारी बन्ने भन्ने कुरा यथार्थ होइन।”

हालसम्म एमालेले भण्डारीलाई पुनः औपचारिक रूपमा राजनीतिमा ल्याउने निर्णय नगरे पनि उनको पक्षधर समूह यस दिशामा सक्रिय रहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM