२०८२ माघ २४ गते, शनिबार ००:४३

बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

काठमाडौं। सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ।

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन्।

आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरांै। सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ। यही प्रिन्ट गर्छौ। यो बर्षदेखि बन्द गरेका छौ, गएको बर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन वेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो।’

उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए।

‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौ। हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने।

बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने बताए। उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताए।

‘परराष्ट्रमन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो। त्यो हामीलाई ६ महिला अगाडि नै जानकारी गराउनुपर्छ। हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्टहरु छाप्नको लागि सुरक्षण मुद्रण ऐन अनुसार सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM