२०८२ माघ ८ गते, बिहीबार ०९:५६

यमनका प्रधानमन्त्रीसँगै धेरै मन्त्रीहरू मारिएको पुष्टी

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले यस हप्ताको सुरुमा इजरायली हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब नासेर अल-राहवीको मृत्यु भएको पुष्टि गरेका छन्।

इरान समर्थित यो संगठनले बिहीबार इजरायली सेनाले यमनको राजधानी सानामा आक्रमण गरेको र त्यसमा धेरै अन्य वरिष्ठ मन्त्रीहरूसहित धेरै अधिकारीहरू पनि मारिएको बताएको छ।

इजरायली सेनाले भनेको छ ‘इजरायली युद्धक विमानहरूले साना क्षेत्रमा भएको बैठकको क्रममा राहावी र अन्य हुथी अधिकारीहरूलाई निशाना बनाएका थिए।’

सन् २०१४ देखि हुथी विद्रोहीहरूले उत्तरपश्चिमी यमनको धेरैजसो भाग नियन्त्रणमा लिएका छन्।

त्यही वर्ष उनीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई सानाबाट बाहिर निकाले, जसले गर्दा यमनमा विनाशकारी गृहयुद्ध सुरु भयो।

हुथी विद्रोहीहरूले राहावी धेरै मन्त्रीहरूसँगै मारिएको बताएका छन्, यद्यपि उनीहरूले मन्त्रीहरूको नाम लिएका छैनन्।

साउदी अरेबियाको समाचार साइट अल-हदथको रिपोर्ट अनुसार, आक्रमणमा हुथी विद्रोहीका विदेशमन्त्री, साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला मन्त्री र श्रममन्त्री पनि मारिएका छन्।

अहमद अल-राहवी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए, तर सरकारको बागडोर उनका उपप्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो।

शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार दिइएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM