२०८३ बैशाख १८ गते, शुक्रबार ०७:०२

आशिका तामाङलाई कैद सजाय र नगद जरिवाना

काठमाडौँ/सामाजिक अभियन्ताको रुपमा चिनिएकी आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिवाना गरेको छ ।

भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोधसम्बन्धी मुद्दामा जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय र पाँच सय जरिवाना गर्ने फैसला गरेको हो ।

त्यस्तै उनीहरूलाई ८ हजार ३०० रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश भएको जिल्ला अदालत भक्तपुरकी सूचना अधिकारी हिराकुमारी भण्डारीले शिलापत्रलाई जानकारी दिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM