२०८२ माघ ८ गते, बिहीबार १०:१८

संखुवासभा विकासका लागि सबै दल एकजुट हुनुपर्छः मन्त्री खड्का

संखुवासभा, १२ भदौ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले संखुवासभामा पाँच हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने क्षमता रहेको भन्दै सबै राजनीतिक दल एकजुट भएर विकास र समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

मादी माध्यमिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले संखुवासभा स्रोत र साधनका हिसाबले मुलुककै सबल र सम्पन्न जिल्लामध्ये एक भएको उल्लेख गर्दै शिक्षा र ऊर्जा दुवै क्षेत्रमा जिल्लाले दिएको योगदान ऐतिहासिक रहेको बताउनुभयो । उहाँले जिल्लाको पहिचानलाई अझ उचाइमा पुर्‍याउने गरी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनासँगै ऊर्जा, पर्यटन र सीमा नाकाको विकासमा पनि समान रूपले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

“संखुवासभामा जलविद्युत मात्रै होइन, मकालु हिमालदेखि अरुण उपत्यका र अन्य प्राकृतिक तथा सांस्कृतिक सम्पदाले पर्यटन विकासको पनि ठूलो सम्भावना बोकेको छ । यस्तो क्षमतामय जिल्लाको विकास दलीय राजनीतिभन्दा माथि उठेर गर्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो । उहाँले चीन र भारतलाई जोड्ने किमाथाङ्का नाकाको विकासलाई प्राथमिकतामा राखी सरकार अघि बढिरहेको पनि जानकारी दिनुभयो ।

सोही अवसरमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला कमजोरी देखाएर व्यवस्थामाथि भ्रम फैलाउने प्रयासविरुद्ध सचेत रहन लोकतान्त्रिक शक्तिलाई आग्रह गर्नुभयो । उहाँले सरकारले सुशासन र सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा र युवाशक्तिलाई जीवनपयोगी ज्ञानका माध्यमबाट देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न कालखण्डमा विद्यालयका योगदानकारी व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM