२०८३ बैशाख १८ गते, शुक्रबार ०७:०२

राष्ट्रपति पौडेलसँगै संखुवासभा पुग्दै मन्त्री खड्का

संखुवासभा/संखुवासभाको मादी नगरपालिकास्थित श्री मादी माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव आज भव्य रूपमा मनाइँदैछ।

ऐतिहासिक समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल रहने भएका छन् भने ऊर्जामन्त्री दिपक खड्का विशिष्ट अतिथिको रूपमा सहभागी हुन गृहजिल्ला संखुवासभा पुग्दै हुनुहुन्छ।

मन्त्री खड्काले विद्यालयलाई शुभकामना दिँदै यस अवसरलाई संखुवासभा र सम्पूर्ण मादीबासीका लागि गर्वको क्षण रहेको बताउनु भयो । उहाँले भन्नुभयो -“७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सवको अवसरमा श्री मादी माध्यमिक विद्यालयलाई हार्दिक बधाई तथा शुभकामना। राष्ट्रिय शिक्षा र ज्ञानको उज्यालो फैलाउँदै, राष्ट्र निर्माणमा योगदान पुर्‍याउँदै आएको यो विद्यालयलाई आगामी दिनमा अझ नयाँ ऊर्जा, उत्कृष्ट शैक्षिक गुणस्तर र सामाजिक मूल्य-मान्यताको संरक्षण गर्दै राष्ट्र निर्माणमा अझ उच्च योगदान पुर्‍याउन सकोस् भन्ने कामना गर्दछु।”

विद्यालय परिवार, विद्यार्थी, पूर्वविद्यार्थी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा हुने सो समारोहलाई मादी नगरपालिकाका साथै संखुवासभा जिल्लाको शैक्षिक र सामाजिक इतिहासमा कोशेढुङ्गाको रूपमा लिने तयारी भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM