२०८२ कार्तिक ३० गते, आईतवार ००:१७

भोजन लिपि स्वादले नेपाली-थाई मित्रतालाई नयाँ स्वाद दियो: मन्त्री खड्का

भक्तपुर, ४ भाद्र – ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दिपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्वलाई जोड दिँदै नेपाल र थाईलैंडको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि भोजन लिपि स्वाद कार्यक्रमको महत्त्वलाई उच्च मूल्याङ्कन गर्नुभयो।

उहाँले भोजन लिपि स्वाद कार्यक्रमको छैठौं संस्करणको उद्घाटन समारोहमा भने, “थाई खाना नेपालीलाई र नेपाली खाना विदेशीलाई परिचित गराउनु हाम्रो साझा जिम्मेवारी हो। यसले आपसी मित्रता र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ, साथै थाईलैंडसँगको हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।”

मन्त्री खड्काले यस कार्यक्रमलाई नेपाल र थाईलैंड बीचको खाद्य संस्कृति र आपसी मित्रता थप प्रगाढ बनाउन एक महत्त्वपूर्ण कदम मान्नुभएको छ। उहाँले थप्नुभयो, “नेपालमा पनि सुरक्षित र स्वस्थ भोजन प्रबर्द्धन गर्नका लागि हामी निरन्तर प्रयासरत छौं। नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्दा त्यसको परिष्कृत रूपले विदेशी बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्छ।”

कार्यक्रममा रॉयल थाई दूतावास, काठमाडौंका राजदूत माननीय सुवापोंग सिरिसोर र कार्यक्रमका अध्यक्ष गणेश ढकालले पनि नेपाली र थाई खाद्य संस्कृति बीचको सम्वन्धलाई बढावा दिनको लागि यस्तो आयोजनालाई समर्थन गर्नुपर्ने बताए।

कार्यक्रमको संयोजन भोजन लिपि स्वाद अभियानका संयोजक देवी सपकोटाले गरेका थिए, र शेफ घनश्याम कंडेल र उहाँको टीमले तयार पारेका विभिन्न थाई र नेपाली परिकारहरूले आगन्तुकहरूको मन जिते। आगन्तुकहरूले समृद्ध संस्कृतिका स्वाद अनुभव गर्दै कार्यक्रमको आनन्द लिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM