काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था समिति बैठकमा जानकारी दिँदै प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण संसद उपस्थित हुन नसक्ने बताए।
यसअघि प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरुले विभिन्न विषयमा प्रश्न सोध्ने कार्यसूची तय भएको थियो। तर स्वास्थ्य अवस्था अनुकूल नभएकाले प्रधानमन्त्री अनुपस्थित हुने जानकारी गराइएसँगै उक्त कार्यक्रम स्थगित गरिएको हो।
















