२०८३ बैशाख ५ गते, शनिबार १८:५२

२७ जना नयाँ उच्च अदालत न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि नियुक्त २७ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सर्वोच्च अदालतमा आयोजित समारोहमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई शपथ ग्रहण गराएका हुन्।

न्याय परिषद्को साउन २२ गतेको बैठकले यी न्यायाधीशहरूको नियुक्ति गरेको थियो। नियुक्त हुनेहरूमा न्याय परिषद्का सचिव, जिल्ला अदालतका न्यायाधीश, सर्वोच्च अदालतका रजिस्ट्रार र कानुन मन्त्रालयका सहसचिव समावेश छन्।

उच्च अदालतमा नियुक्त हुने प्रमुख न्यायाधीशहरूमा यमबहादुर बुढामगर (सुर्खेत), गोपालप्रसाद बास्तोला (पाटन), गिरीराज गौतम (दिपायल), युवराज गौतम (विराटनगर), तेजनारायण पौडेल (तुलसीपुर) र प्रकाश ढुङ्गाना (पाटन) रहेका छन्।

यसैगरी, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, वासुदेव न्यौपाने, दलबहादुर केसी, प्रकाशचन्द्र अधिकारी, रमेशप्रसाद ज्ञवाली, उदयप्रसाद भट्टराई, अवनी मैनाली भट्टराई, खड्गराज अधिकारी, शङ्कर खत्री, अच्युत कुइँकेल, कोमलबहादुर खत्री, शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियारको नियुक्ति भएका हुन् ।

न्याय परिषद्ले यस नियुक्तिको उद्देश्य न्यायपालिकाको क्षमता वृद्धि र सेवा गुणस्तर सुधार रहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM