२०८३ बैशाख १८ गते, शुक्रबार १४:४०

प्रम ओलीले संसदमा बाइबलको कथा उद्धृत गर्दै भने, “लोकतन्त्र प्राणभन्दा प्यारो छ”

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा बाइबलको सोलोमनको न्याय कथाको उदाहरण दिँदै नेपालको लोकतन्त्र र संवैधानिक व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्रका लागि लड्ने, बलिदान दिने, जेल भोग्ने लगायतका कठिनाइ सहेर स्थापना गरिएको व्यवस्था हो। यसको रक्षाका लागि हामी अझ कष्ट भोग्न तयार छौं। यो व्यवस्था हामीलाई प्राण भन्दा प्यारो छ।”

प्रधानमन्त्रीले थपे, “हामी अर्काले फलाइदिएको खेती वा पकाइदिएको तयारी खाना खान आएका होइनौं। हाम्रो इतिहास, संघर्ष र बलिदानले नै यो लोकतन्त्रलाई सुदृढ बनाएको हो।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM