२०८३ बैशाख ३१ गते, बिहीबार ०१:०४

बैंकिङ कसूरको आरोपमा सुनील पक्राउ

वीरगंज । पर्सा जिल्ला अदालतबाट बैंकिङ कसूरमा १० दिन कैद र ३० लाख रुपियाँ जरिवाना तोकिएपछि फरार रहेका एकजना पक्राउ परेका छन् । देवेन्द्र कुमार कर्णको जाहेरीका आधारमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका वीरगंज महानगरपालिका–१६ निवासी ३४ वर्षीय सुनील साहलाई बिहीवार लुकीछिपी बसिरहेको स्थानबाट पर्सा जिल्ला प्रहरीको फैसला कार्यान्वयन टोलीले पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । साहमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दा नं. ०८०–सि१–०९६२, लगत नं. ६३०९ अन्तर्गत जिल्ला अदालतले फैसला सुनाएको थियो । अदालतको फैसलाअनुसार साहलाई १० दिन कैद र ३० लाख रुपियाँँ जरिवाना तिराउने निर्णय भएको जिप्रका, पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाए । सुनिल कुमार साह अम्बे इन्टरप्राइजेज प्रा.लि. का सञ्चालक हुन् । पक्राउपछि उनलाई अदालतमा पेश गरी अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM