२०८२ माघ २६ गते, सोमबार ११:२४

दक्ष नेतृत्व र पारदर्शी प्रतिवेदनका लागि वीरगञ्जमा लायन्स क्लबको तालिम : सेवा प्रवाहमा नयाँ अभ्यासको सुरुवात

वीरगञ्ज, १४ साउन।

सामाजिक सेवा, नेतृत्व विकास र सूचना प्रविधिमा सशक्तिकरणका लागि लायन्सका डिजिटल मार्केटिंग कोअर्डिनेटर लायन नरोत्तम पाण्डेले ‘Lion Portal & Club Service Activities Reporting Training’ आयोजना गर्ने तयारी गरेका छन्। आगामी साउन १५ गते (३१ जुलाई २०२५), वीरगञ्जस्थित Umbrella Restaurant मा हुने यो तालिमले क्लबको सूचना व्यवस्थापन, सदस्यता अद्यावधिक र सेवा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रम संयोजक एवं क्लब अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार, यो तालिमले लायन्स सदस्यहरूलाई Lion Portal प्रयोगमा दक्ष बनाउँदै, अन्तर्राष्ट्रिय स्तरमा क्लबको सेवा अभिलेख प्रस्तुत गर्ने क्षमतामा वृद्धि गर्नेछ।

तालिममा अध्यक्ष, सचिव र पोर्टल व्यवस्थापन गर्ने एडमिनिस्ट्रेटरहरूलाई प्राथमिकता दिइनुका पछाडि स्पष्ट उद्देश्य छ— क्लबको प्रमुख कार्यकारी भूमिकामा रहेका पदाधिकारीहरूलाई जिम्मेवारीअनुसार प्रशिक्षित गरिनु प्राथमिकताको विषय हो। लायन्सको संरचना अनुसार प्रतिवेदन दिने अधिकार र प्रक्रिया यिनै जिम्मेवार पदहरूमा केन्द्रित हुने भएकाले तालिमलाई लक्षित रूपमा डिजाइन गरिएको संयोजकको भनाइ छ।

तालिम शुल्कको विषयमा पनि कतिपय सदस्यहरूले चासो राखेका छन्। यसबारे क्लबको स्पष्ट धारणा छ— पाँच सय रुपैयाँको नाममात्रको शुल्क सहभागीहरूको प्रतिबद्धता र व्यवस्थापकीय तयारी सहज बनाउन राखिएको हो। तालिमको गुणस्तर, स्थान, प्रविधि र सहजीकरणका लागि सामान्य व्यवस्थापकीय खर्चलाई संस्थागत ढंगले व्यवस्थापन गर्नु क्लब नेतृत्वको उत्तरदायित्व हो, जुन पूर्ण पारदर्शितासहित गरिएको छ।

तालिमको अर्को विशेष पक्ष भनेको उसी दिन सेवा प्रतिवेदन पेस गर्ने क्लबलाई आगामी जिल्ला क्याबिनेट बैठकमा सम्मानित गरिने योजना हो। यो कुनै पक्षपात वा दबाब होइन, बरु डिजिटल प्रतिवेदन प्रणालीलाई प्रेरणा दिने अभ्यास हो, जसले लायन्स आन्दोलनमा पारदर्शिता र समयमै सूचना प्रवाहलाई प्रवर्द्धन गर्छ।

सहभागी संख्या ३० जनामा सीमित गर्नु व्यवस्थापन सहजता र गुणस्तरीय सघन तालिम सुनिश्चित गर्न गरिएको हो। भविष्यमा यस्ता तालिमहरू चरणबद्ध रूपमा अन्य पदाधिकारी र सदस्यहरूका लागि पनि आयोजना गरिँदै जाने क्लबले जानकारी दिएको छ।

लायन्स डिजिटल एन्ड मार्केटिंगका कोअर्डिनेटर लायन नरोत्तम पाण्डेका अनुसार — “सहभागिता सीमित गर्नु कुनै बहिष्करण होइन, यो सुरुवात मात्रै हो। आगामी तालिमहरूमा सबै सदस्यलाई समेट्ने गरी फराकिलो सहभागिताको ढोका खुल्लै छ।”

यसरी क्लबभित्रकै सदस्यहरूले उठाएका सरोकार र सुझावलाई गम्भीरतापूर्वक लिँदै, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई प्राथमिकतामा राख्दै, क्लबले प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ। सेवा प्रवाहमा सुधार, सूचना प्रविधिको सदुपयोग र संस्थाको समावेशी व्यवस्थापनको दिशामा गरिएको यो अभ्यास भोलिको नेतृत्व तयार गर्ने एउटा सार्थक प्रयासको रूपमा लिइन सकिन्छ।

अन्ततः, आलोचना र सुझावहरू लायन्स क्लबजस्तो संस्थाको बलियो पक्ष हुन्। यस्ता संवाद र सहभागितामार्फत क्लब अझ सुदृढ, पारदर्शी र उत्तरदायी बन्दै जाने विश्वास लिईएको छ। वीरगञ्जमा हुने यो प्रशिक्षण कार्यक्रमले सदस्यहरूबीचको समझदारी र संस्थागत दक्षता अभिवृद्धिमा नयाँ गति ल्याउनेछ भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM