२०८२ माघ २६ गते, सोमबार १०:५१

पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित, दोषीमाथि कारबाहीको माग

काठमाडौँ, ९ साउन/

रौतहटमा कार्यरत पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिटप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, महासंघको एसोसिएट प्रदेश समिति र नेपाल पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा भर्त्सना गरेका छन्।

साउन ८ गते बिहीबार मौलापुर नगरपालिका–५, सोनरनियामा विकास निर्माणका कामबारे अनुसन्धान गर्न गएका यादवमाथि पूर्वमन्त्रीका छोरा विवेक साह, रञ्जित साह, अञ्जित साह र अञ्जित साहका छोराले सामूहिक आक्रमण गरेको पीडितले बताएका छन्। आक्रमणका कारण पत्रकार यादव घाइते भएका छन्।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने दाहालको भनाइ छ।

त्यस्तै, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसमाथिको खुला हमला भन्दै भर्त्सना गरिएको छ। समितिले पत्रकार यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको उचित व्यवस्थाको माग समेत गरेको छ।

नेपाल पत्रकार मञ्चले जारी गरेको विज्ञप्तिमा पत्रकार यादवमाथिको आक्रमण पूर्वनियोजित भएको आशंका व्यक्त गर्दै घटनाको पृष्ठभूमिमा रहेका कारणबारे समेत उल्लेख गरिएको छ। पत्रकार यादवले मौलापुर नगरपालिकामा भइरहेको विकास निर्माणमा देखिएको भ्रष्टाचार, अनियमितता र गुणस्तरहीनताको समाचार सम्प्रेषण गर्दै आएका थिए। मञ्चले घटनालाई प्रेस स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारप्रतिको खुला चुनौतीको रूपमा व्याख्या गर्दै दोषीहरूलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गरेको छ।

संगठित रूपमा सञ्चारकर्ममा खटिएका पत्रकारमाथि भएको यस्तो भौतिक आक्रमणप्रति सञ्चार क्षेत्र अत्यन्त आक्रोशित देखिएको छ। पत्रकार संगठनहरूले राज्यका सुरक्षा निकायसँग यस्ता घटना दोहोरिन नदिन र पत्रकारको सुरक्षा प्रत्याभूति गर्न प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM