२०८२ माघ १७ गते, शनिबार ०४:१६

२५ अर्ब ११ करोडको बजेट ल्याउने काठमाडौँ महानगरको तयारी

काठमाडौं महानगरको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक सम्पन्न, आइतबारभित्र बजेट सार्वजनिक हुने

काठमाडौं, २७ असार/काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेटको आकार २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ निर्धारण गरेको छ।

शुक्रबार मेयर बालेन्द्र साह (बालेन) को कार्यकक्षमा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले बजेट सीमा तोकेको हो। बैठकमा उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्षहरू र समितिका अन्य सदस्यहरूको सहभागिता थियो।

समितिको निर्णय अनुसार बजेट वितरण यसरी हुनेछ:

  • आर्थिक विकासतर्फ: ३ प्रतिशत

  • पूर्वाधार विकासतर्फ: ५१ प्रतिशत

  • सामाजिक विकासतर्फ: २० प्रतिशत

  • सुसासन तथा अन्तरसम्बन्धतर्फ: १२ प्रतिशत

  • कार्यसञ्चालन तथा प्रशासनतर्फ: १४ प्रतिशत

यसअघि महानगरभित्रको राजनीतिक तथा प्रशासनिक विवादका कारण बजेट समयमै प्रस्तुत हुन सकेको थिएन। प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र मेयर साहबीचको मतभेदले प्रक्रिया अवरुद्ध भएको थियो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि काठमाडौंले उक्त म्यादभित्र बजेट ल्याउन सकेन।

तर, लामो समयदेखिको किचलो अन्त्य गर्दै मेयर साहले उपमेयर डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र वडाध्यक्षहरूको उपस्थितिमा बैठक आयोजना गरेपछि बजेट सीमा निर्धारण प्रक्रिया टुंगोमा पुगेको हो। अब स्रोत अनुमान तथा सीमा निर्धारण समितिको निर्णयको आधारमा पूर्ण बजेट प्रस्ताव आइतबारभित्र सार्वजनिक हुने निश्चित भएको छ।

काठमाडौं महानगरसँगै देशका अन्य पाँच महानगरहरूमध्ये चारले समयमै बजेट सार्वजनिक गरिसकेका छन्। तीमध्ये सबैभन्दा ठूलो बजेट पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड रुपैयाँको ल्याएको थियो, जबकि सबैभन्दा सानो बजेट वीरगञ्ज महानगरको ३ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM