बुटवल । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसी लगायत नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
अध्यक्ष केसीले मतदातालाई भ्रममा नपर्न सचेत रहन र देशको भविष्य सम्झेर मतदान गर्न आग्रह गरेका छन् । नेतृ दुर्गा पौडेलले सहकारी ठगी तथा विध्वंसमा संलग्न नयाँ उम्मेदवारबारे सचेत रहन आग्रह गरिन् ।

















